नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुग्लिन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ ।