काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध विरोध गर्न अपील गरेका छन् ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सामाजिक सञ्जालमार्फत नेता बस्नेतले असंवैधानिक फैसलाविरुद्ध बिरोध गर्न आह्वान गरेका हुन् ।
‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंवैधानिक फैसला बिरुद्ध बिरोध जनाउ । आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन । निर्दलिय शासन ब्यवस्थाको पुनः बिजारोपण भएको दिन’, उनले भनेका छन्, ‘ब्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण । अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ । यो परमादेश कार्वानयन गर्ने असम्भव छ ।’
नेता बस्नेतले युवा संघले असंवैधानिक कदमविरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्ने र देशभरबाट विरोध प्रर्दशन गर्न आह्वान गरेका छन् ।




प्रतिक्रिया