सर्वोच्चको फैसलापछि नारायणकाजीको प्रतिक्रिया : संविधान र लोकतन्त्रको रक्षा भयो

सर्वोच्चको फैसलापछि नारायणकाजीको प्रतिक्रिया : संविधान र लोकतन्त्रको रक्षा भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

आज सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरेपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत सो प्रतिक्रिया दिएका हुन् ।

श्रेष्ठले लेखेका छन्, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । यसको हामी स्वागत गर्दछौं । प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरू, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’