संसद् पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको फैसला (पूर्णपाठ)

संसद् पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको फैसला (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको छ । सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शससेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको संवैधानिक इजलासले संसद पुनःस्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश जबरा नेतृत्वको ५ सदस्यीय इजलासमा यही असार २१ गते सुनुवाई सकिएको थियो ।

प्रतिनिधिसभा विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले संवैधानिक इजलासले मुद्धा दायर गरेका थिए । सर्वोच्चले विपक्षीको नाममा फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।

यस्तो छ फैसलाको पूर्णपाठ: