काठमाण्डु – काठमाण्डु उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुुरक्षा व्यवस्था कडा पारिएको हो ।
अदालतको फैसलापछि पक्ष र विपक्षले सभा जुलुस र प्रर्दशन गर्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय रानीपोखरीका प्रहरी प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।
उनले सुरक्षाकर्मीलाई हलर्ट गरिएको बताउँदै थप सुरक्षाकर्मीसमेत परिचालन गरिएको जानकारी दिए । त्यस्तै सम्भावित दुर्घटना हुन नदिन सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।
नेकपा एमाले निकट भातृसंगठन युवा संघ नेपालले अदालतको फैसलाविरुद्ध प्रर्दशन गरिरहेको छ । त्यस्तै विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले अदालतको फैसलाको सम्मान गर्दै जुलुश निकाल्ने, दीप प्रज्वलन गर्नेलगायतका कार्य गरिरहेका छन् ।




प्रतिक्रिया