पछिल्लो २४ घण्टामा २३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा २ ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज थप १ हजार १३३ जना निको भएका छन् । आज देशभर २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

हालसम्म ९ हजार ४०० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।