काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको स्वरुपबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् ।
मंगलबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारको स्वरुपका विषयमा प्रचण्डले छलफल गर्न लागेका हुन् । साथै प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने दुई जना मन्त्रीको लिष्ट बुझाउने स्रोतले जानकारी दिए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्री र सरकार सञ्चालनको प्रारुपबारे छलफल गर्ने जानकारी दिए ।
त्यस्तै उनले अब बन्ने सरकारलाई लोकतान्त्रिक पद्धतिमा अगाडि बढाउन खबरदारी गर्ने पनि बताए । उपाध्यक्ष श्रेष्ठले संविधान र लोकतन्त्रको पक्षमा अदालतको फौसला आएको भन्दै सबै राजनीतिक पार्टीहरुलाई राष्ट्रियसहमतिका साथ अगाडि बढ्न र एकताबद्ध बनाउन आह्वान गरेको जानकारी दिए ।
देउवाले आज पाँच सदस्यीय मन्त्रिमण्डल बनाउँदैछन् । जसमा कांग्रेसका दुई र माअोवादी केन्द्रबाट दुई जना मन्त्री हुँदैछन् । कांग्रेसबाट देउवाले नेताहरु बालकृष्ण खांड र मिनेन्द्र रिजाल र माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुषाललाई आजै सपथ ग्रहण गराउनेछन् ।




प्रतिक्रिया