काठमाण्डु – महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतले सोमबार संसद पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको भोलिपल्ट महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन् ।
बडालले आफुले राजीनामा प्रधानमन्त्रीमार्फत राष्ट्रपति समक्ष पठाएको बताए । उनको आजै विदाई गर्ने तयारी गरिएको छ । बडाल गत चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए । सोही दिन अग्नी खरेलले महान्यायाधीवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।




प्रतिक्रिया