काठमाण्डु— हाइटीका राष्ट्रपति जोभनल मोइसेको हत्याका प्रमुख सूत्रधार रहेको आशंकामा एकजना डाक्टरलाई पक्राउ गरिएको छ ।
हाइटी प्रहरीका अनुसार ६३ वर्षीय क्रिस्टियन इमान्युयल स्याननलाई पक्राउ गरिएको हो । उनी हाइटीका नागरिक भएको बताइएको छ । ती डाक्टरले राजनीतिक उद्देश्य लिएर गत जुनको शुरूमा आफ्नो निजी जेट विमानमा हाइटी छिरेका थिए ।
गत ७ जुलाईमा २८ जना विदेशी सशस्त्र फौजको आक्रमणमा आफ्नै निवासमा ५३ वर्षीय मोइसेको मृत्यु भएको थियो । सोही हमलामा गम्भीर घाइते भएकी उनकी श्रीमती मार्टिने मोइसेलाई उपचारका लागि संयुक्त राज्य अमेरिका लगिएको थियो ।
मार्टिनेले मध्यराति अचानक घरमा छिरेका तिनीहरूले आफ्नो पतिलाई एक शब्द पनि बोल्ने मौका नदिई गोलीले छियाछिया पारेको जानकारी दिएकी थिइन् ।




प्रतिक्रिया