एजेन्सी – पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल परेसँगै दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।दक्षिण अफ्रिकाको केही भागमा सुरु भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या ७२ पुगेको हाे।
प्रदर्शनको क्रममा लुटपाट समेत भएको छ । सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति भएको लुटपाटको क्रममा भएको भागदौडका कारण १० जना मारिएका थिए ।
भुइँतलामा रहेको पसलमा लुटपाटको क्रममा आगजनी भएपछि डुर्बानको एक घरको माथिल्लो तलबाट शिशु फालिँदै गरेको देखिएको बिबिसीले उल्लेख गरेको छ । सो शिशुलाई भिडमा रहेकाहरुले समातेका थिए ।
प्रहरीलाई सहयोग गर्नका लागि हाल त्यहाँ सेना परिचालन गरिएको छ। दक्षिण अफ्रिकाको प्रहरीले एक विज्ञप्ति जारी गर्दै हिंसा भड्काएको हुन सक्ने १२ जनाको पहिचान भएको जनाएको छ। त्यस्तै १,२३४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रपति सिरिल रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९०को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई व्याख्या गरेका थिए। लुटपाटका घटना जारी रहे प्रदर्शन भइरहेका क्षेत्रहरूमा खाद्य सामाग्रीहरू सकिन सक्ने मन्त्रीहरूले चेतावनी दिएका छन् तर त्यहाँ सङ्कटकाल घोषणा गर्ने सम्भावना भने नरहेको जनाइएको छ।
पूर्वाराष्ट्रपति जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो। दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो। जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ।
तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन्। सन् २०१८मा उनलाई आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेको भए पनि समर्थकहरूको एउटा पक्षलाई आफूसँगै राख्न उनी सफल भएका थिए।
ती बच्चालाई क्वाजुलु नटाल राज्यको डर्बनस्थित एक अपार्टमेन्टमा फसेका मानिसहरूको सहयोग गर्नका लागि पुगेको भिडले समातेको थियो।भुईँ तलामा रहेका पसलहरू लुट्ने क्रममा गरिएको आगजनीले माथिका तलामा रहेकाहरूलाई प्रभाव पारेको थियो।




प्रतिक्रिया