काठमाण्डु — नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गरेका छन् ।
आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले पहिलो निर्णयका रूपमा कोरोना खोपका लागि उक्त रकम निकासा गरेका हुन् ।
साथै उनले स्वास्थ्यकर्मीहरुको जोखिमभत्ताका लागि रकम निकासा गर्ने निर्णयसमेत गरेका छन् । शर्मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मंगलबार अर्थमन्त्रीमा नियुक्त भएका थिए ।




प्रतिक्रिया