काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजदेखि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ। मंगलबार बन्द सत्रबाट सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो।
निर्वाचन समितिको कार्यतालिकाअनुसार आज अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। त्यसपछि ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोध गर्ने समय तोकिएको छ भने बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। असोज २१ गते दिनभर उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनलाई मतदान केन्द्र तोकिएको छ।
बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृह तथा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनमा मतदान गर्नेछन्। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र रहनेछ।
खुलामञ्चमै भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले समेत मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।
सोमबारको बन्दसत्रबाट पारित संशोधित विधान अनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।
कांग्रेसमा कुल मतदाता सङ्ख्या ७ हजार ११४ जना रहेका छन् ।
निर्वाचन हुने पद समूह र संख्या








प्रतिक्रिया