काठमाण्डु – गण्डकी प्रदेशमा सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बिच बजेट पारित गरेको हो ।
बैठकको सुरुवातमै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरेका थिए ।
एमालेका सांसदको होहल्लाकाबीच बजेट पारित भएको हो । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३० अर्ब तीन करोड ९४ लाखको बजेट मंगलबार सार्वजनिक गरेको थियो ।
१३ अर्ब ६ करोड ४७ लाख चालूतर्फ र १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड वित्तीय व्यवस्थापनतर्फ बजेट विनियोजन गरिएको छ ।




प्रतिक्रिया