काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । नेकपाका महासचिव विप्लवले प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको भेटमा सहभागी विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले बताए । नेता बाँस्तोलाका अनुसार भेटमा विप्लवले केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको एजेण्डा पनि उठाएका छन् ।
बन्दी नेता कार्यकर्ता रिहा गर्ने सहमति भए पनि कार्यान्वयन नभएको विप्लव समूहको गुनासो छ । विप्लव र उनका समूहका नेताहरुले यसअघि नै निवर्तमान प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे असन्तुष्टि जनाइसकेका छन् ।
शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । केपी ओली सरकार तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरूको रिहाइको माग गर्दै आइरहेको छ ।




प्रतिक्रिया