इराकमा बम विस्फोट : २५ जनाको मृत्यु, दर्जनौँ घाइते
एजेन्सी – इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा परि २५ जनाको मृत्यु भएको छ । उक्त बम विस्फोटमा दर्जनौँ घाइते भएको सुरक्षा स्रोतहरूले जानकारी दिएका छन् ।
सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोटन भएको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन हो ।
इस्लामिक स्टेट (आईएस) समूहले उक्त घटनाको जिम्मेवारी लिएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो ।