काठमाण्डु – सरकारले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुगेको छ । बेइजिङबाट १० लाख भेरोसेल खोप लिएर नेपाल वायुसेवा निगमको २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
खोप ल्याएर आएको जहाज आज राति पुनः बेइजिङ जाने कार्यतालिका रहेको छ । यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ । चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो । चिनबाट ल्याइएको भेरोसेल खोप यस अघि खोप अभियान सञ्चालन नभएको ठाउँमा पठाइने बताइएको छ ।




प्रतिक्रिया