सेयर बजारमा हरियाली, नेप्से १९ अङ्कले बढ्यो

सेयर बजारमा हरियाली, नेप्से १९ अङ्कले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार परिसूचक नेप्से बिहीवार उकालो लागेको छ । नेप्से परिसुचक आज १८.७५ अङ्कले बढेर ३००४.३१ विन्दुमा कायम भएको हो ।

आज बैंकिङ समूहको शेयर साढे ३५ अङ्कले उबढेको छ भने जलविद्युत समूहको २४, फाइनान्स र निर्जीवन बीमा समूहको ३८ र म्युचल फन्ड समूहको शेयर शून्य दशमलव ९२ अङ्कले उकालो लागेको छ । आज विकास बैंक, व्यापार, होटल, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने ओरालो लागेको छ ।

दुई सय २२ कम्पनीका पाँच करोड ५९ लाख ६४ हजार कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कृषि विकास बैंकको ४६ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।