काठमाण्डु – नेपाली कांग्रेसबाट थप दुई जना नेता मन्त्री बन्ने भएका छन् । कांग्रेसले पार्टीको तर्फबाट सरकारमा सहभागी गराउने मन्त्रीहरुको प्रारम्भिक सुची तयार भएको हो ।
महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरु नाम तय गरेको स्रोतले जनाएको छ । संस्थापन पक्षकाबाट सरकारमा सहभागि हुनेहरुको नाम टुङ्गो लगाएको एक कांग्रेस नेताले जानकारी दिए ।
पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई सरकारमा पठाउने तयारी भइरहेको बताइएको छ । यसअघि देउवाले बालकृष्ण खाँड र जानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाइसकेका छन् ।




प्रतिक्रिया