काठमाण्डु— नेपाली कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक सञ्चालन नगर्ने निर्णय गरेको छ ।
गत शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाटै आलोचना खेपेका प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक अबदेखि पार्टी कार्यालय सानेपा वा बूढानिलकण्ठमा सञ्चालन गर्ने निर्णय गरेका छन् ।
सोहीअनुसार शुक्रबार सभापति देउवाकै निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ । अबदेखि पार्टीका बैठक बालुवाटारमा नहुने महामन्त्री पूर्णबहादुर खड्काले बताए ।




प्रतिक्रिया