काठमाण्डु — नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो ।
उक्त बैठकमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल जारी रहेको जनाइएको छ । सरकारमा सहभागी हुने व्यक्ति, कांग्रेसको क्रियाशील सदस्यता विवादलगायत विषय चर्चामा छ ।
यसअघि देउवा प्रधानमन्त्री भएपछि पहिलो कांग्रेस पदाधिकारी बैठक सरकारी निवास बालुवाटारमा बसेको थियो ।
प्रधानमन्त्री निवासमा पार्टीको बैठक राखेपछि तिव्र रुपमा विरोध भएकाले देउवाले पार्टी बैठक बालुवाटारमा नराख्ने निष्कर्ष निकालेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएको छ ।




प्रतिक्रिया