काठमाण्डु– पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपा परित्याग गरेको घोषणा गरेका छन् । सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै खनालले नेकपा त्याग्दै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्।
उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक दिशामा अघि बढाउने लक्ष्यसहित नयाँ अभियान सुरु गरेको बताए । उनले वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिको समीक्षा गर्दै समाजवादी आन्दोलनलाई पुनर्गठित र सुदृढ बनाउन अभियान अघि बढाइएको बताएका छन्।
खनाल नेतृत्वको अभियानको पहिलो भेलाले विभिन्न १५ वटा प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय नीतिको पुनरावलोकन, कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनलगायत विषय समेटिएका छन्।
अभियानले मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय नीति तथा समाजवादी आन्दोलनका चुनौतीमाथि बहस गर्दै नयाँ राजनीतिक तथा वैचारिक आधार निर्माण गर्ने लक्ष्य लिएको जनाइएको छ।




प्रतिक्रिया