प्रधानमन्त्री र गृहमन्त्रीलाई कांग्रेस प्रवक्ताको ध्यानाकर्षणः निर्मलाका हत्यारा पत्ता लगाऔं

प्रधानमन्त्री र गृहमन्त्रीलाई कांग्रेस प्रवक्ताको ध्यानाकर्षणः निर्मलाका हत्यारा पत्ता लगाऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गरेका हुन् ।

प्रतिपक्षमा छँदा निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिएको भन्दै उनले अहिले आफूहरु सत्तारुढ बनेपछिको समयले जवाफ माग्ने बताए । प्रवक्ता शर्माले अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित रहेको बताए ।

‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो । प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग । सत्तारुढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ,’ उनले भनेका छन्, ‘ बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ । निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारुकता बढाऔँ ।’