काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोगको आदेशविरुद्ध सर्वोच्चमा परेको निवेदनमाथि आज सुनुवाई हुने भएको छ ।
सर्वोच्चले जारी गरेको दैनिक पेसी सूचीमा ठाकुरको निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । निर्वाचन आयोगले सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएपछि आयोगको ‘हेड काउन्ट’विरुद्ध अध्यक्ष महन्त ठाकुर ८ साउनमा सर्वोच्च पुगेका हुन् ।
उनले आयोगको आधिकारिकता दिने प्रक्रिया तत्काल रोक्न आदेशमा माग गरेका छन् । जसपा आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगको ५ सदस्यीय इजलासमा सुनुवाइ जारी छ । इजलासले सनाखतका लागि जसपा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सदस्यलाई सक्कल कागजातसहित ११ साउनमा आयोगमा उपस्थित हुन आदेश दिएको छ ।
अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवले आफ्नो पक्षमा बहुमत सदस्य रहेको भन्दै आधिकारिकताका लागि आयोगमा निवेदन दिएका थिए । त्यसको टुंगो लगाउन आयोगले सदस्यलाई नै बोलाएको हो । त्यसपछि आयोगले जसपाको आधिकारिकता टुंग्याउनेछ ।




प्रतिक्रिया