जसपाका राजकिशोर यादव उपेन्द्र यादवतिर लागे

जसपाका राजकिशोर यादव उपेन्द्र यादवतिर लागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता साजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले गुट परिवर्तन गरेका छन् । जसपाको महन्थ ठाकुर पक्षका पूर्वमन्त्रीसमेत रहेका नेता यादव अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा लागेका हुन् ।

स्रोतका अनुसार यादव शनिवार उपेन्द्र पक्षको बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकमा सहभागी भएर समर्थन जनाएका हुन ।
जसपामा विवाद हुन थालेपछि पार्टी एक बनाउन भन्दै क्रियाशील रहेका यादव अन्ततः उपेन्द्र पक्षतिरै खुलेका हुन् ।

तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारमा दुई हप्ताका लागि मन्त्री बनेका यादव ओली सरकार ढलेपछि गुट परिवर्तनको निर्णयमा पुगेका हुन् ।

नेता यादवले पार्टी एकताका लागि ठाकुर पक्षमा लाग्न नसकेको बताए । ‘म महन्थ ठाकुरजीलाई सम्मान गर्दछु । तर, निर्वाचन आयोगको निर्णय र पार्टीको बहुमतको निर्णय मान्न वाध्य छु,’ उनले भने ।

जसपाको कुल ५१ जना सदस्यमध्ये महन्थले आफ्नो पक्षमा २० जना सांसद भएको दाबी गरेका छन् । जसपाको कुन समूह आधिकारिक भन्ने विषयमा टुंगो लगाउन निर्वाचन आयोगले ११ साउनमा केन्द्रीय कार्यकारिणी सखस्यहरुलाई बोलाएको छ ।

ठाकुरले निर्वाचन आयोगको सो ‘हेड काउन्ट’ आदेशविरुद्ध सर्वोच्च अदालतमा समेत निवेदन दर्ता गराएका छन् । उक्त निवेदनमाथि आज सुनुवाई हुँदैछ । त्यस अगाडि नै ठाकुर समूहबाट कार्यकारिणी समितिका कतिपय सदस्य गुट परिवर्तनको निर्णयमा पुगिसकेका छन् ।

आफूनिकटस्थहरुले धमाधम गुट परिवर्तन गर्न थालेपछि अध्यक्ष महन्थ ठाकुर अप्ठ्यारोमा परेका छन् । उनले अब कस्तो कदम चाल्ने हुन् चासोको विषय बनेको छ ।