नेप्से झण्डै ५५ अङ्कले बढ्यो, ९ कम्पनीको शेयर मूल्यमा १० प्रतिशत वृद्धि

नेप्से झण्डै ५५ अङ्कले बढ्यो, ९ कम्पनीको शेयर मूल्यमा १० प्रतिशत वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार शेयर बजार कारोबार मापक नेप्से झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको हाे ।

आज बैकिङ समूहको शेयर ७२ अङ्कले, व्यापारको झन्डै तीन अङ्कले, विकास बैंकको १३ अङ्कले, जलविद्युतको ७१ अङ्कले, फाइनान्सको २५ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ६ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर ३१ अङ्कले, निर्जीवन बीमाको ४ अङ्कले, उत्पादनको ७२ अङ्कले र अन्य समूहको शेयर ६ अङ्कले बढेको छ ।

आज दुई सय २३ कम्पनीका चार करोड ४१ लाख कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् भने नौँ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा बिशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी रहेका छन् ।

त्यस्तै, आज लक्ष्मी उन्नती कोष र कुमारी इक्युटी फण्डको शेयरमूल्यमा गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा नेपाल बैंकलिमिटेडको कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड भन्दा बढीको कारोबार भएको छ ।