काठमाण्डु – जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्यहरु निर्वाचन आयोगमा पुगेका छन् ।जसपा दुबै पक्षका नेताहरु आवश्यक कागजात सहित आयोग पुग्ने क्रम जारी छ ।
निर्वाचन आयोगले आधिकारिकता विवाद टुंग्याउन आज कार्यकारिणी समितिका ५१ जना सदस्यलाई हेड काउन्टका लागि आयोगमा बोलाएको थियो । महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षका नेताहरूलाई छुट्टाछुट्टै लाइनमा राखिएको छ । उपस्थित सांसदहरुमध्ये जसपाको महन्थ ठाकुर पक्षका सांसद मनिष सुमन उपेन्द्र यादव पक्षको लाइनमा देखिएका छन् ।
हालसम्म आयोगमा उपेन्द्र यादव पक्षका एक दर्जनजति कार्यकारिणी सदस्यले सनाखत गरेर फर्किएका छन् भने महन्थ ठाकुर पक्षका केही सांसद पनि निर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन आयोगले कार्यकारिणी सदस्यहरुको टाउको गनेर जसपाको आधिकारिकता कसलाई दिने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया