सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तले आईपीओ निष्कासन गर्दै

सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तले आईपीओ निष्कासन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । सो कम्पनीले एक सय रुपैयाँ अंकित दरले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओे बिक्री गर्न लागेको हो ।

६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशतले हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पाँच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओ साउन २० गतेदेखि खुला भइ छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बन्द हुनेछ ।

त्यसैगरी यता मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्कासन गनेको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री गर्ने भएको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।

साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओमा आवेदन गर्न सक्नेछन् । उक्त अवधिमा आईपीओ बिक्री नभए भदौ ९ गतेसम्म आवेदन दिन पाइनेछ ।