काठमाण्डु – शेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक २९.२४ अङ्कले उकालो लागेर ३०७९.६७ विन्दुमा कायम भएको हो । आज विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले उकालो लागेको छ ।
आज जलविद्युत समूहको एक सय १९, फाइनान्स समूहको ७१, जीवन बीमा समूहको दुई सय ६०, निर्र्जीवन बीमा समूहको एक सय २०, उत्पादन समूहको तीन सय पाँच, अन्यको ६० र लगानी समूहको शेयर तीन अङ्कले उकालो लागेको हो ।
आज दुई सय २५ कम्पनीका तीन करोड २३ लाख कित्ता शेयर १५ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४९ करोड १५ लाखको शेयर किनबेच भएको छ ।




प्रतिक्रिया