आज विश्व हेपाटाइटिस दिवस मनाइदै

आज विश्व हेपाटाइटिस दिवस मनाइदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।कोरोना संक्रमणको जोखिम कायमै भएकाले कुनै भौतिक कार्यक्रम नहुने मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले “Hepatitis can’t wait” ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने अन्तराष्ट्रिय नारा तय गरेको छ । नेपालमा भने ‘हेपाटाइटिस निर्मुलनका आधार , जनचेतना रोकथाम र उपचार’ भन्ने नारा सहित मनाइँदै छ ।

हेपाटाइटिस ‘ए’ देखी ‘इ’ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन्। तुलनात्मक रूपमा हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सी’ बढी घातक हुन्छ । नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिब दुई लाख पचास हजार मानिसहरूमा हेपाटाइटिस ‘बि’ र लगभग एक लाख तीस हजार मानिसमा हेपाटाइटिस ‘सी’ अनुमान गरिएको छ।

विश्वमा प्रत्येक एक सेकेन्डमा एक व्यक्तिको हेपाटाइटिस बाट मृत्यु हुने गरेको बताइएको छ । हरेक वर्ष १० लाख ४० हजार बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ । त्यसमध्य हेपाटाइटिस “बी” र हेपाटाइटिस “सी” बाट ९० प्रतिशतको मृत्यु हुन्छ, जबकि बाँकी १० प्रतिशत अन्य हेपाटाइटिस भाइरसका कारण हुन्छन्।

विश्व हेपाटाइटिस अलाइन्सले १८ मे मा विश्व हेपाटाइटिस मनाउने निर्णय गरेता पनि सन् २०१० मे महिनामा विश्व स्वास्थ्य महासभाको ६३औँ बैठकले २८ जुलाई हेपाटाइटिस ‘बी’ का खोजकर्ता डा. बारुच ब्लुमबर्गको जन्म दिवसमा विश्व हेपाटाइटिस दिवस मनाउने निर्णय गरेसँगै यो दिवस आधिकारिक रूपमा मनाउन लागिएको हो। नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो ।