प्रचण्ड व्यस्त भएपछि माओवादीको स्थायी समिति बैठक स्थगित

प्रचण्ड व्यस्त भएपछि माओवादीको स्थायी समिति बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अध्यक्ष प्रचण्ड सत्ता गठबन्धनको बैठकमा बिजी भएपछि आज बस्ने भनिएको बैठक स्थगित भएको जानकारी दिए ।

हिजो बसेको बैठकले बुधबार माओवादीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने निर्णय गरेको थियो ।