कक्षा १२ को परीक्षा ‘होम सेन्टर’बाटै गरिने

कक्षा १२ को परीक्षा ‘होम सेन्टर’बाटै गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कक्षा १२ को परीक्षा ‘होम सेन्टर’बाटै हुने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा होम सेन्टरमै गर्ने भएको हो ।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै बोर्डका सदस्य सचिव दुर्गा अर्यालले हाल होम सेन्टरबाटै परीक्षा लिने तय भएको जानकारी दिए ।

‘अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुन्छ । विद्यार्थीले पनि कोठा खोजेर बस्नुपर्छ । यस्ता कार्यले कोरोनाको जोखिम बढाउनसक्ने भएकाले होम सेन्टरबाटै परीक्षा गर्ने तयारी गरेका छौं,’ सचिव अर्यालले भने । कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदै छ ।