ब्रोकर र लगानीकर्तालाई प्यान नम्बर रुजु गर्न नेप्सेको आग्रह

ब्रोकर र लगानीकर्तालाई प्यान नम्बर रुजु गर्न नेप्सेको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर रूजु गर्न आग्रह गरेको छ ।

नेप्सेले लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नो प्यान नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासाहरू आएको भन्दै ब्रोकर र लगानीकर्तालाई प्यान नम्बर रुजु गर्न आग्रह गरेको हो ।

वित्त व्यवस्थापक शाखा अधिकृत सावित्रा केसीले एक सूचना जारी गर्दै लगानीकर्ताहरूको स्थायी लेखा नम्बर फरक–फरक प्रविष्टि गरेको कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेभसाइटमा अपलोड हुन नसकेको जानकारी दिएकी छन् ।