काठमाण्डु – सांसद पुर्नवहालीको माग गर्दै चार जना पूर्वमाओवादी केन्द्रका सर्वोच्च अदालत पुगेका छन् । माओवादी केन्द्रले सांसदबाट बर्खास्त गरेका चार जना नेता पुर्नवहालीको माग गर्दै सर्वोच्च पुगेका हुन् ।
गत चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा प्रवेश गरेका चार जना नेतालाई सांसदबाट हटाएका थिए ।
नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई संसद् सचिवालयको सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै पुनर्वहालीको माग गरेका छन् ।




प्रतिक्रिया