आजदेखि मैलुङ खोला जलविद्युतको आईपीओ खुल्यो

आजदेखि मैलुङ खोला जलविद्युतको आईपीओ खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मैलुङ खोला जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला गरेको छ ।

सो कम्पनीले आजदेखि सर्वसाधारणका लागि ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निस्कासन गरेको हो ।

प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन पाइनेछ । कुल निष्काशन भएको सेयरमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सेयर खरीदका सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बाँकी ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

उक्त आईपीओमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते समयसम्म आवेदन दिन सकिनेछ ।