कुलमान निर्विकल्प होईनन्, अवसर दियो भने हजार कुलमान भेटिन्छः दीपशीखा

कुलमान निर्विकल्प होईनन्, अवसर दियो भने हजार कुलमान भेटिन्छः दीपशीखा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले नेपाल विद्युत प्राधिकरणमा कुलामान घिसिङलाई पुनः नियुक्ती गर्ने विषयमा आपत्ति जनाएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रका नेतासमेत रहेका अध्यक्ष सापकोटाले कुलमान नै निर्विकल्प नभएको बताउँदै देशलाई एक होईन हजार कुलमान चाहिएको बताए ।

‘हामी नि –कि भगवान’ खोज्छौ कि राक्षस’ ! हाम्रो रोजाई भगवान वा राक्षस होउन्जेल केहि हुदैन ! सत्य तितो हुन्छ ! कुलमान घिसिङको नियुक्ति प्रक्रियादेखि आजसम्म उनको पक्षमा खडा हुनेमध्यको म पनि एउटा हुँ । हामीलाई एक कुलमान होईन हजार कुलमान चाहिएको छ । खोज्यो भने र अवसर दियो भने भेटिन्छ,’ उनले भनेका छन्, निविर्कल्प देख्नु हुँदैन भन्ने मेरो बुझाईलाई कुलमान विरोधि देख्ने उत्तेजनाप्रति केहि भन्नु छैन । म फेरिपनि भन्छु – कुलमान उत्कृष्ट प्रशासक हुन् । उनिजस्ता धेरै प्रशासक मुलुकलाई चाहिएको छ, निर्विकल्प होईनन् !’

प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जामन्त्री पम्फा भुसाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।