विदेश जाने नेपालीले खोप लगाएको क्यूआर कोड पाउने, कसरी लिने प्रमाणपत्र ?

विदेश जाने नेपालीले खोप लगाएको क्यूआर कोड पाउने, कसरी लिने प्रमाणपत्र ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आजदेखि विदेश जाने नेपाली नागरिकले खोप लगाएको विद्युतीय प्रमाण पत्र (क्यूआर कोडसहितको) पाउने भएका छन् ।

वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामको लागि विदेश जानेहरुलाई विद्युतीय (क्यूआर कोड) खोप प्रमाण प्रदान गरिने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रमाण आजदेखि कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । पछिल्लो समय कुवेत लगायत नेपालीहरु वैदेशिक रोजगारीमा जाने विभिन्न देशहरुले क्यूआर कोडसहितको खोप लगाएको प्रमाण माग्ने गरेको भन्दै श्रमिकहरुले गुनासो गरेका थिए ।

क्यूआर कोडसहितको प्रमाण दिने कार्य अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने र पूर्ण खोप लगाएका जुनसुकै व्यक्तिलाई पनि क्यूआर कोडसहितको प्रमाणपत्र उपलब्ध गराउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसरी लिने खोप प्रमाणत्र

क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाउनका लागि स्वास्थ्य मन्त्रालयको वेसाइट https://vaccine.mohp.gov.np/public-request-form मा गएर आफ्ना कागजताहरु अपलोड गर्नुपर्नेछ ।

त्यसैगरी अनलाइनबाट रजिष्ट्रेसन गर्न नसक्नेले साउन २१ गतेदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा गएर फारम भर्न सकिने मन्त्रालयले जनाएकाे छ ।

फारम भर्नका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको छायाँ कापी, खोप कार्डको छायाँ कापी, कबुलियतनामा कागजात आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।