भूमिहीन सुकुम्बासी संगठनद्वारा आन्दोलनको घोषणा

भूमिहीन सुकुम्बासी संगठनद्वारा आन्दोलनको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — भूमि आयोग खारेजीविरुद्ध नेपाल भूमिहीन सुकुम्बासी संगठनले आन्दोलनको घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लाखौं भूमिहीनको जग्गा प्राप्ति गर्ने बर्तमान सरकारले गरेको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेकी हुन् ।

उनले वर्तमान सरकारले जमिनको मालिक बन्ने सपना बोकी बसेका लाखौं भूमिहीन सुकुम्बासी र दलितहरूको छातीमा लात हानेको आरोप लगाएकी छन् ।

भूमिहीन सुकुम्बासी संगठनले विरोधपत्र बुझाउने, सुकुम्बासी बस्तिहरूमा जानकारी तथा जागरण कार्यक्रम गर्ने र साउन २४ गते सबै जिल्लामा विरोधसभा गर्ने चौधरीले बताइन् । सरकारले गत मंगलवार देवी ज्ञवाली अध्यक्ष रहेको भूमि आयोग खारेज गरेको थियो ।