सरस्वती गौतमसँग विमला वलीको भलाकुसारीः एमाले जस्तो माओवादी हुँदैन रहेछ !

सरस्वती गौतमसँग विमला वलीको भलाकुसारीः एमाले जस्तो माओवादी हुँदैन रहेछ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले छाेडेर माअ‍ोवादी केन्द्र रोजेकी लुम्बिनी प्रदेश सांसद विमला वलीले आफन्तको सम्पर्कमा रहेर मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको खुलेको छ । मुख्यमन्त्रीको निवासमा अपहरणमा परें भनेकी सांसद वली आफन्तहरुसँग नियमित सम्पर्कमा रहेको खुलेको हो ।

एमाले सांसद सरस्वती गौतमले वलीले झुटो आरोप लगाएको बताइन् । उनले सांसद वलीलाई आफूले मुख्यमन्त्री निवास बाहिर प्रत्यक्ष भेट गरेकाे पुष्टि गरिन ।

गौतमसँगको भेटमा सांसद वलीले आफूलाई सेवा सुविधाको कुरा उठाएकी थिइन् । उनले छोराछोरीलाई शिक्षादिक्षा लगायतका विषय उठाएकाे गाैतमले बताइन् ।

‘उहाँलाई मैले उहाँकै आफन्तसँग भेट गरेको हो । उहाँले राजीखुसी म यहाँ आएको कुरा बताउनुभयो । घर परिवारलगायतका विषयमा कुराकानी भयो । माओवादी केन्द्रले पैसा दिएको कुरा पनि गर्नुभएको थियो,’ सांसद गौतमले भनिन्, ‘उहाँ अपहरण परेको मैले त मानिन । उहाँ राजीखुसी आउनु भएको छ । नाटकिय मान्छे हुनुहुँदोरहेछ ।’

सांसद वलीले गौतमसँगको भेटमा माओवादीले आफूलाई बन्धक बनाएको गुनासो गरेकी थिइन् । उनले आफू एमालेमा आउँदा माओवादीले अपहरणमा परेको भनेर गलत हल्ला फैलाएकाे बताएकी थिइन् ।

माअ‍ोवादी केन्द्रले भने बिहीबारबाटै सम्पर्क विहीन भएको बताउँदै आएको छ । आज पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएकाे र भागेर बाहिर आएकाे बताएकी थिइन् ।

‘म शुक्रबारसम्म माअ‍ोवादीको सम्पर्कमा थिएँ । अहिले अपहरण भनेर समाचार आयो हेर्नुन,’ वलीले गौतमसँगको भेटमा भनेकी थिइन् । साथै गौतमसँगको भेटमा उनले श्रीमान उत्तर कुमार वलीले रगत बगाएको पार्टी (एमाले) जस्तो माओवादी नहुने बताएकी थिइन् ।

‘मूल पार्टी भनेको मूल नै रहेछ । एमाले जस्तो अरु (माओवादी ) हुँदैन रहेछ । जे भए पनि श्रीमानले रगत बगाएको पार्टी हो,’ गौतमसँगको भेटमा वलीले भनिन् ।

र यो पनि

अपहरणमा परेकी सांसद वलीलाई मुख्यमन्त्रीको प्रस्तावः पार्टीमा आउनुस्, मन्त्री बन्नूस्