काठमाण्डु- पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता रामशरण महतले सरकारले मन्त्रिपरिषद् चाँडो गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा उनले सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने,‘सरकारलाई पूर्णता दिनको लागि ढिलाइ भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्ता पक्षीय गठबन्धनमा आवद्ध दलहरूसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाइ गर्नुहुँदैन ।’
उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरू सच्याउनुपर्ने पनि बताए । उनले अब सरकारले पूर्ण बजेट ल्याउनको लागि तयारी गर्नुपर्ने समेत जानकारी दिएका छन् ।




प्रतिक्रिया