काठमाण्डु– नेपालमा पछिल्लो २४ घण्टामा थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १२ हजार ३ सय ७८ जनामा परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण पुष्टि हो ।
आज नौ हजार सात सय ८३ जनाको पीसीआर गर्दा दुई हजार एक सय ३७ जनामा र तीन हजार तीन सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज देशभर दुई हजार २९ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३५ हजार चार सय ८५ रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया