घिसिङलाई प्राधिकरणमा नियुक्त गर्न ठाडो प्रस्ताव पेश गर्ने उर्जामन्त्रीको तयारी

घिसिङलाई प्राधिकरणमा नियुक्त गर्न ठाडो प्रस्ताव पेश गर्ने उर्जामन्त्रीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्राधिकरणमा घिसिङ नियुक्तिको प्रस्ताव पेश गर्न लागेको स्रोतको दावी छ ।

मन्त्री भुसालले घिसिङलाई ३ बजे बस्ने मन्त्रिपरिषदको बैठकमा नियुक्तीका लागी ठाडो प्रस्ताव लैजाने तयारी गरेकी हुन । प्रधानमन्त्री शेरबहादुर देउवाले उनको प्रस्ताव स्वीकार गरेको खण्डमा घिसिङले दोस्रोपटक प्राधिकरणको नेतृत्व सम्हाल्ने छन् ।

मन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा बोलाएर यसअघि नै कार्यकारी निर्देशकबाट राजीनामा दिन आग्रह गरेकी थिइन । तर, शाक्यले राजीनामा नगर्ने बरू सरकारले दिने जिम्मेवारीमा काम गर्न तयार रहेको बताएका थिए । आइतबार शाक्यले विभिन्न संचारमाध्यमा अन्र्तवार्ता दिएपछि मन्त्री भुसाल उनीसंग रुष्ट बनेको स्रोतले बतायो ।

प्रधानमन्त्री देउवा भने तत्काल शाक्यलाई हटाउने पक्षमा नरहेको बताइन्छ । तर, मन्त्री भुसाल भने उनलाई जसरी पनि हटाउन लागेको मन्त्रालय स्रोतले जानकारी दियो ।