आज तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

आज तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७८ साल साउन २६ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट १० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढिनै समय खर्चँदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । दिदी बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेको छ । पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विपति पत्नीका साथ रमाइलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरूभन्दा अगाडी तपार्ईँको नाम आउँदा मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  मायाप्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहौलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भए पनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  व्यापार व्यवसाय फस्टाएर जानेछ भने पछि सम्म आम्दानी भइरहने व्यवसायमा लगानी गरी रोजगारीको अवसरहरू सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेको छ भने अन्य साथीहरूलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रशङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा प्रशस्त समय दिए पनि कमसल नतिजामा चित्त बुझाउनु पर्ने समय रहेको छ । आफन्त तथा छोराछोरीहरुसँग मनमुटाब सिर्जना हुनेछ ।