नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड

नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेविसंघ र अखिल क्रान्तिकारीले बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन् । त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दवाव दिइरहेका उनिहरुले आज क्याम्पसमा तोडफोड गरेका हुन् ।

नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस भवनको झ्लायमा रहेका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

लेखा शाखा, परीक्षा शाखालगायतमा तोडफोड गरेको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले जानकारी दिए । विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बिबिएस र एमबिएसका पठनपाठन चलाउन र एमबिए, बिबिए, एमबिएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गरेका छन् ।