काठमाण्डु- नेपाली बजारमा सुनको मूल्य बुधबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० ले ओरालो लागेर ८८ हजार ८०० मा कारोबार भइरहेको छ ।
मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० मा कारोबार भइरहेको थियो । तेजाबी सुनको मूल्य समेत आज ८८ हजार ३५० मा कारोबार भइरहेको छ ।
चाँदी पनि तोलामा १५ ले ओरालो लागेर एक हजार १९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया