भारतमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान (फाेटाेफिचर)

भारतमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान (फाेटाेफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान गार्ड प्रदान गरेको हो। राष्ट्रपति भवन परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई स्वागत गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आज राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता तथा दुवै देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ।

भ्रमणका क्रममा विभिन्न विकास परियोजनाको उद्घाटन, समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर र संयुक्त पत्रकार सम्मेलनसमेत हुने कार्यक्रम रहेको छ।

तस्बिरहरु:  प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी