काेरोनाविरुद्धको खोप खरिद गर्न एडिबीले दियाे १९ अर्ब ५८ करोड ऋण

काेरोनाविरुद्धको खोप खरिद गर्न एडिबीले दियाे १९ अर्ब ५८ करोड ऋण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना विरुद्धको खोप खरिदका लागि नेपाललाई एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सहयोग गरेको छ ।

आज अर्थमन्त्रालयमा खोप खरिदका लागि सरकार र एशियाली विकास बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हाे । सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त ऋण कोरोना विरुद्धको १ करोड ५९ लाख डोज खरिदमा उपयोग गर्ने बताइएको छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् ।