काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ८९ हजार ७०० मा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला ८९ हजार ४०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य समेत आज ८९ हजार २५० मा कारोबार भइरहेको छ ।
आज चाँदीको मूलय घटेको छ । चाँदी तोलामा ५ ले ओरालो लागेर एक हजार १८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया