काठमाण्डु – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
आर्थिक वर्ष २०७८/०७९ मुद्रास्फीति दर ६. ५० प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको छ । गर्भनर अधिकारीले मुद्रास्फीति नियन्त्रित अवस्थामा रहे पनि मूल्यमा केही चाप पर्ने अवस्था रहेको बताए । उनले कृषि व्यवसायका लागि सहज कर्जाको व्यवस्था गरिएको बताए ।
उनले बैङ्क तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको जानकारी दिए । अधिकारीले ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको बताए ।




प्रतिक्रिया