शनिवार थप २६२४ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

शनिवार थप २६२४ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार १३ हजार ५७३ जनाको परीक्षण गर्दा २ हजार ६२४ जनामा संक्रमण भएको पुष्टि हो ।

आज देशभर १ हजार ३२० जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।