अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल नगरेकोमा एमालेको आक्रोस

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल नगरेकोमा एमालेको आक्रोस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला परराष्ट्र मामिला सल्लाहकार समेत रहेका डा.भट्टराईले आइतबार हिंसाग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै पहल नगरेको भन्दै सरकारको आलोचना गरेका हुन ।

उनले अन्य मुलुकले अफगनानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन थालिसक्दा पनि नेपाल सरकार भने अहिलेसम्म पहल पनि नगरेर गैरजिम्मेवार बनेको आरोप लगाए ।

भट्टराईले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘संसदमा विपक्षीका तर्फबाट बिषय उठाइएको पनि धेरै दिन भइसक्यो । अन्य मुलुकहरूले आ–आफ्ना नागरिक फर्काउन थालिसके । तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन । लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?’